दुखद खबर:आँप टिप्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु !

सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपलिका-७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रहेका छन् । सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा उनी रुखबाट खसेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । https://www.youtube.com/watch?v=T45MWxzcYM0