बहराइनमा कोरोना सङ्क्रमित तीन जना नेपालीको अवस्था सुधारोन्मुख रहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभएको छ । उपचाररत तीनै जनाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएको उहाँले बताउनुभयो । यस्तै शंका लागेर क्यारेन्टाइनमा राखिएका अरु तीन जना नेपाली पनि सामान्य अवस्थामा रहेको र कोरोनाको सङक्रमण नदेखिएको राजदूत सुन्दासले…