लगातार ११ खेलमा हार व्यहोरेको नेपाल ओमानसँग ३७ रनले बिजयी

काठमाडौं– क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानसँग जीत हात पारेको छ । क्यानडामा जारी ओडीआई र टि–२० सिरिजमा हार व्यहोरेको नेपालले यो खेलसँगै आफ्नो हारको शृङ्खलालाई रोकेको छ । यसअघि भएका लगातार ११ खेलमा नेपालले जीत निकाल्न सकेको थिएन । सोमवार बिहान सकिएको खेलमा नेपालले ओमानमाथि ३७ रनको जित हात पारेको हो…