काठमाडौं - संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भए पनि निजी विद्यालय र सरकारी विद्यालय आन्दोलनरत अवस्थामै छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिबाट शिक्षा विधेयक पारित भए पनि त्यसमा उल्लेख भएका केही प्रावधान हटाउनुपर्ने मागसहित निजी विद्यालयका सञ्चालक मात्रै होइन, शिक्षक, कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । निजी विद्यालयहरुा साझा संगठन प्याब्सन र एनप्याब्सनले…