Logo

इंग्ल्याण्डको लर्डस् मैदानमा सन्दिपको त्यो एक ओभर (भिडियो)

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो क्रिकेट करियरको पहिलो अन्तराष्ट्रिय टी-२० खेलमा सहभागी भएका छन् । आइसीसी मान्यताप्राप्त यो खेलमा विश्व ११ टिमबाट वेष्टइन्डिज विरुद्ध खेलेका सन्दिपले एक ओभर मात्रै बलिङ गर्ने अवसर पाए । अनुभव र उमेरका हिसावले कान्छा खेलाडी सन्दिप यो खेलमा चर्चामा रहे ।

गतबर्ष वेस्ट इण्डिजमा आएको समुन्द्रिक आँधीँले क्षति पुर्याएको रंगशाला पुर्न निर्माण गर्न अर्थ संकलन गर्ने उद्देश्यले यो च्यारिटी म्याच राखिएको थियो । जुन म्याचलाई आइसीसीले अन्तराष्ट्रिय टी-२० मान्यता दिएको थियो ।

इंग्ल्याण्डको लर्डस मैदानमा विहीबार राति भएको खेलमा सन्दिपले डेब्यु गरेका हुन् । १ ओभर बलिङ गर्दा उनले १२ रन खर्चिए। सन्दिपले १३ औँ ओभरमा बलिङको मौका पाएका थिए । कस्तो चल्यो सन्दिबको बलको जादू, यो भिडियो हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्