Logo

नेपाली क्रिकेट फ्यानलाई खुसीको खबर, अब नेपाल पनि आईसीसीको वरीयतामा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘वान डे’ वरीयतामा समावेश गर्ने निर्णय गरेको छ । आईसीसीले शुक्रबार नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र युएईलाई वानडे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो । बैठकपछि आईसीसीले विज्ञप्ति जारी गर्दै यो वरीयता जुन १ (आजै)बाट लागू हुने जनाएको छ ।

हालसम्म औचारिक रुपमा वान डे नखेलेको नेपाल आईसीसीको वरीयतामा थिएन । जस कारण नेपालको अंक पनि शून्य छ । अब भने वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ ।

यसअघि वाने डे वरीयतामा रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन् । अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ । त्यसपछि भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन् । यस्तै, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आइसल्यान्ड, स्कटल्यान्ड र यूएई छन् ।

आईसीसीकाअनुसार अब नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युएईले एक आपसमा वान डे खेल्नेछन् । त्यसपछि आउने परीणाम अनुसार नेपालको अंकसहितको वरीयता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्