Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

नेपाल पहिलो पटक आईसीसी वरीयतामा


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

एकदिवसीय मान्यता पाएपछि नेपाल पहिलो पटक आईसीसीको वरीयतामा प्रवेश गरेको छ । अहिलेसम्म एउटा पनि आधिकारिक एकदिवसीय क्रिकेट नखेलेको नेपालको शून्य अंक छ । नेपालसँगै नेदरल्याण्ड्स, युएई र स्कटल्याण्ड पनि आईसीसी एकदिवसीय वरीयतामा परेका छन् ।

यसै वर्षको जुन १ देखि आईसीसीले शीर्ष १२ टोलीसँगै अन्य चार टोलीलाई पनि वरियतामा समावेश गरेको हो ।

एशोसियटतर्फ एकदिवसीय वरीयतामा स्कटल्याण्ड २८ अंकसहित पहिलो र समग्रमा १३औँ स्थानमा छ । त्यसपछि युएईको १८ अंक छ भने नेदरल्याण्ड्सको १३ अंक छ र नेपालको अंक शून्य छ ।

नेपालले आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन् ।