Logo

नेयमारको फिटनेसको कारण चिन्ता भइरहेका बेला नेयमारसहित ब्रजिलियन टिमको लण्डनमा प्रशिक्षण जारी, के यसपटक बाजी मार्ला त ब्राजिलले ?

विश्व फुटबलमा सर्वाधिक सफल टिम ब्रजिल २०१४ को विश्वकपमा जर्मनीसँग सात एकले हार्दै सेमिफाइनलबाट बाहिरिएपछि लामो समयसम्म यो विषयले चर्चा पाइरह्यो । र ४ वर्षपछि अर्को विश्वकप फुटबलको समय आइसकेको छ ।

विश्वकप खेल सुरु हुन जम्मा २ साताको समय बाँकि हुँदा ब्रजिलियन टिम स्टार खेलाडी नेयमारसहित लण्डनमा प्रशिक्षण जारी राखेको छ ब्राजिलले । ३३ वर्षीय डिफेन्डर सिल्भाले नेयमार अझै पनि पूर्ण रुपमा फिट नभएको तर उनी देशका लागि खेल्न तयार रहेको बताएपछि ब्राजिलका सर्मथकहरुमा चिन्ता देखिएको छ ।

सिल्भाले नेयमारको फिटनेसका कारण चिन्ता भएपनि आशावादी रहेको बताए । यसपटकको ब्रजिलियन टिममा युवा खेलाडीको बाहुल्यता रहेका कारण प्रदृशन भने पहिलेको भन्दा पनि अझै गज्जब गर्न सकिने उनले तर्क राखे

प्रतिक्रिया दिनुहोस्