Logo

नेपाली क्रिकेटका फ्यानलाई आयो अत्यन्तै खुसीको खबर, अब नेपाल पनि एक दिवसीय टिमको वरियतामा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ । नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्