Logo

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय

फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५)सम्म रुसमा हुनलागेको छ ।

३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यी राष्ट्रहरु निम्नानुसारका समूहहरूमा बाँडिनेछन् । पहिलो समूहः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे दोस्रो समूहः पोर्तुगल, स्पेन, मोरक्को र ईरान तेस्रो समूहः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क चौथो समूहः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया पाँचौं समूहः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छैटौं समूहः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) सातौं समूहः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत आठौं समूहः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार)

३१ जेष्ठ २०७५ (साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

१ आषाढ २०७५ (साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८ः४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

२ आषाढ २०७५ (साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९ः४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ २०७५ (साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),

४ आषाढ २०७५ (साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ २०७५ (साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११ः४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ २०७५ (साँझ ५ः४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (९राती ११ः४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ २०७५ (साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११ः४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ २०७५ (साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)

९ आषाढ २०७५ (साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ २०७५ (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राती ११ः४५) स् पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ २०७५ (साँझ ७ः४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७ः४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११ः४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ २०७५ (साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ २०७५ (साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ २०७५ (साँझ ७ः४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११ः४५)

बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।-युवापोष्ट

प्रतिक्रिया दिनुहोस्