Logo

पुरुषले अर्काकी श्रीमति फकाउन हुने तर महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

अर्काकी श्रीमतीसंग पुरुषहरु हाकाहाकी बेडसम्म पुगेको कुराले मेरा कानमा रातापीरा भएका थिए । लोग्नेमानिस कत्ति सजिलै यस्ता कुरा गर्छन तर महिलाले यस्ता कुरा अझै पनि नेपाली समाजमा पचाउन सकेका छैनन् । लोग्ने मानिसले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नी मानिसले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? इच्छा त उही हो, चाहे लोग्ने मानिस हुन् वा स्वास्नी मानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनिहरुलाई बाधा दिने गरेको छ ।

आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख बाधक भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई भाडामा लिएर राखेको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौन कर्म पनि गरिरकेका पाइन्छन् । यो वर्ग सानो छ ।

महिला आर्थिकरुपमा परनिर्भर छन् । त्यसको असर उनीहको यौनस्वतन्तामा परेको छ । उनीहरु लोग्नेमानिसको इच्छा र इसारमा यौन कर्म गर्नुुपर्ने बाध्यतामा छन् । अर्थिक रुपमा सक्षम नहुन्जेल महिलाहरुको यौपनक स्वतन्त्रता कुण्ठित नै हुन्छ । साप्ताहिकमा प्रकाशित साहित्यकार निरुपा प्रसूनसंग ‘तिम्रो लोग्ने र म’ को बारेमा गरेको कुराकानीको अंशमा आधारित।

प्रतिक्रिया दिनुहोस्