Logo

विश्वकपको मुखैमा डिफेन्डिङ च्याम्पियन जर्मनी हारेपछि लाग्यो कडा धक्का

रुस विश्वकप सुरु हुन ११ दिनमात्र बाँकी रहँदा अहिले धमाधम मैत्रिपूर्ण खेलहरु भइरहेका छन् । मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी स्तव्ध भएको छ । जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो । अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट जर्मनीले अग्रता लियो ।

पहिलो हाफसम्म अग्रता लिइरहेको जर्मनीले दोस्रो हाफमा भने २ गोल खायो । अष्ट्रियाका लागि ५३ औँ मिनेटमा मार्टिन हिन्टरेगरले बराबरी गोल फर्काए । ६९ औँ मिनेटमा एलेसान्ड्रो शफले गोल गर्दै अस्ट्रियालाई २–१ को जित दिलाए । भारी वर्षाले खेल ढिलागरी सुरु भएको थियो ।

विश्वकपमा जर्मनी समूह एफ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्