Logo

अनौठो सैलुन जहाँ सुनको छुराले दाह्री काट्न वेटिङ लिस्टमा नाम टिपाइन्छ

पश्चिम भारत महाराष्ट्रको सांगली शहरमा रहेको एक शैलुनमा सुनको छुराले दाह्री काट्ने गरिन्छ । शैलुनको नाम हो उस्ता मेन्स स्टुडियो । थुप्रै शैलुन रहेको शहरको उक्त शैलुनमा अलि बढी नै ग्राहक आउने गर्छन् ।

यहाँ दाह्री काट्न आउने मानिसहरुले वेटिङ लिस्टमा नाम लेखाउने गर्छन् । शैलुनका मालिक रामचन्द्र दत्तात्रेय काशिदले आफ्नो मातापिताको बिहेको ३३औँ वार्षिकत्सवमा सुनको छुरा ल्याएपछि शैलुनको आकर्षण बढेको हो ।

साढे तीन लाखको लागतमा बनाइएको छुरामा अठार क्यारेटको साढे दश तोला सुन रहेको छ । पुणेका एक धातुकर्मीले २० दिनको मेहनतपछि तयार पारेका थिए ।

मानिसहरू सुनको छुराले दाह्री कटाउन पाइने कुरा थाहा पाएपछि त्यहाँ आउन थाले अनि यसको प्रचार भयो । दाह्री कटाउने मात्र नभई उनीहरूका नातेदार र बालबच्चा पनि सुनको छुरा हेर्न आउने गरेका छन् । राम्रो शेभिङभन्दा पनि उच्च जीवनशैलीको अनुभव सुनको छुराले दिने गरेको ग्रहकहरु बताउँछन् ।

सामान्य मूल्य ६४ रुपैयाँ हो । यहाँ मानिस दाह्री कटाएको ३२० रुपैयाँ तिर्छन् जबकि त्यसको पाँच गुणा बढी तिरेर अनि प्रतीक्षा सूचीमा नाम राखेर भएपनि मानिसहरू यहाँ दाह्री कटाउन आउने गरेका छन् । मानिसहरूको यो उत्सुकता र भीड कति दिन टिक्छ भन्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्