Logo

५२ वर्षपछि विश्वकप ट्रफी चोर्ने चोर पत्ता लागे, यसरी खुल्यो महत्वपूर्ण उपाधि चोर्ने चोरको रहस्य

५२ वर्षपछि विश्वकप ट्रफी चोर्नै चोर पत्ता लागेका छन् । बेलायतबाट सन १९६६ मा हराएको विश्वकप ट्रफी लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला चोरी भको थियो । ट्रफी चोर्ने दुवैजना चोरको मृत्यु भइसकोके भए पनि यसलाई उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका छन् ।

‘ट्रफी पैसाको लागि नभई रमाइलोका लागि चोरिएको थियो’, उनले भने, ‘र यो काम सजिलो पनि थियो ।’ यो पोल रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् ।

सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन नसकेको डेलीमेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्