Logo

सोनिकाले स्टेजमै लुगा उतारेपछि बबाल, कोरियाका नेपाली यसरी भए पानी पानी ( हेर्नुहोस् पुरा भिडियो )

रेसुङ्गा साँस्कृतिक झलक भाग तीनले कोरियामा इतिहास नयाँ रेकर्ड कायम गरेको छ । कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियालेआयोजना गरेको उक्त कार्यक्रम हेर्न आउने दर्शकले हल फुल भएपछि नयाँ रेकर्ड कायम गरेको हो । कार्यक्रम हेर्न कोरियाको बुसान, मोक्पो, ख्वान्जुलगायत सवै इलाकाबाट नेपालीको ओइरो लागेको थियो । हलको क्षमता भन्दा बढि दर्शक भएपछि धेरै हल बाहिर बस्न बाध्य भएका थिए ।

कोरियामा नेपाली संस्थाले यो नयाँ वर्षमा आयोजना गरेका अन्यमा भन्दा रेसुङ्गा सास्कृतिक झलकमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । गुल्मीको अनाथ बालबालिकाको शिक्षा र कोरियामा लुम्बिनी आवासगृह निर्माणको सहयोगार्थ उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चर्चित गायक सुगम पोखरेल,नेपाल आइडलमा स्पर्धा गरेर चर्चामा रहेकी केन्जल मेहर श्रेष्ठ, हास्यकलाकार विल्सन विक्रम, चर्चित प्रस्तोता तथा मोडल सोनिका रोकाया, लोकदोहोरी गायक खुमन अधिकारी, बम बहादुर कार्की, रुपा घर्ती मगर सहित स्थानिय कलाकार चरित्र विष्ट, टिका पौडेल, राजु नेपालले धमाकादार प्रस्तुति दिएका थिए भने नेपाल मगर संघ कोरियाले पनि आफ्नो प्रस्तुति दिएको थियो।

बसन्ती रानाले पनि आर्कषक नृत्य दिएकी थिइन् । कार्य क्रममा खुमन अधिकारी, सोनिका रोकाया, बम बहादुर कार्कीको निरन्तरतको साँगेतिक प्रस्तुतिले दर्शकले पनि स्टेज अगाडि नृत्य गर्दै कार्यक्रमलाइ तताएका थिए ! स्मरण रहोस सोनिकाको प्रस्तुति रहने विषयलाई लिएर विशेस गरि कोरिया बस्ने नेपालीहरु बीच सामाजिक संजालमा चर्को विवाद भएको थियो ! भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्