Logo

नितम्ब ठूलो हुनुको अर्थ थाहा छ तपाईंलाई ?

एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ ।

 

यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ ।

मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको शरिरको आकार स्याउको तुलनामा नास्पातीको जस्तो हुन्छ ।

नितम्ब र जाँघ बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा जाँघ र नितम्बको बोसो ठिक मानिन्छ । उक्त शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्