Logo

यौनांग विना जन्मिएकी युवती अहिले २३ वर्षकी भइन्, माछाको छालाबाट बनाइएको थियो उनको यौनांग

यौनांग विना जन्मिएर जीवनको कल्पना सायदैले गरेका हुन्छन् । तर यौनांग विना जन्मिएर पनि सफल जीवन जिएकी एक जिवित उदाहरण हुन् ब्राजिलकी २३ वर्षीया जुसिलाइन मरिनो । जो जन्मिँदै यौनांग विहिन भएर पनि भाग्य र विज्ञानले उनले त्यसको महशुस हुन दिएन र त ब्राजिली डाक्टरहरुले फेडरल युनिभर्सिटी अफ सियरामा एउटा ऐतिहासिक शल्यक्रिया सम्पन्न गरे र मरिनोको जिउमा यौनांग प्रत्यारोपण गर्न सफल भयो ।

रोचक कुरा त के छ भने २३ वर्षीया जुसिलाइन मरिनोको शरीरमा हालिएको यौनांग टिलापिया जातको माछाको छालाबाट बनाइएको हो । जुन कुरारको रहस्य बाहिर आएको थोरै समय मात्रै भयो । २३ वर्षीया जुसिलाइन मरिनोको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया पूर्ण रुपमा सफल भएर मरिनोको शरीरमा नयाँ यौनांगले पूर्णरुपमा काम गर्न थालेपछि मात्र यसको खुलासा गरेक हुन् । उनको शल्यिक्रिया गत वर्ष अप्रिलमा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्