Logo

चिहानबाट महिलाको शव झिकेर कुमार केटासँग बिवाह गरिने अचम्मको चलन

संसारभरि अचम्मका रीतिरिवाज भेटिन्छन् । तर चीनको एक गाउँमा गरिने विवाह संस्कार चाहिँ एकदमै आश्चर्यजनक छ । यहाँ चिहानबाट महिलाको शव निकालेर कुमार युवकसँग बिहा गराइन्छ ।

यो प्रथा विगत तीन हजार वर्षदेखि चलिरहेको छ चीनमा । विवाह नगरी मरेका व्यक्तिको अर्को जन्ममा एक्लो हुनु नपरोस् भनेर यसो गरिन्छ । पहिलापहिला त यस्तो विवाह दुईवटा लाशका बीच गराइन्थ्यो । तर अचेल आएर जिउँदो मान्छेको लाशसँग विवाह गराउन थालिएको छ ।

यस्तो बिहामा दुलही पक्षले मूल्य समेत माग गर्छ र दाइजोको समेत व्यवस्था हुन्छ । दाइजोमा गरगहना, नोकरचाकर र बंगला पनि मागिन्छ तर यो सबै कागजमा गरिने हो ।

यही दाइजोको लोभमा विवाहित महिलाको लाश चिहानबाट चोर्ने चलन पनि बढ्दै गएको छ । अहिले मृत महिलाको शवको मूल्य २० हजार डलरसम्म पुगेको छ । अझ केही दिनपहिले त एक मृत महिलाका परिवारले करीब ३० लाख रुपैयाँ लिए ।

यस प्रथालाई चीन सरकारले गैरकानूनी घोषित गरेको भएपनि मान्छेले लुकीछिपी यस्तो काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्