Logo

आज सुर्यले नक्षत्र परिवर्तन गर्दै!यी अक्षरबाट नाम शुरु हुनेलाई मिल्नेछ लाभ !

आज रातिको १२ बजेबाट सूर्यदेव भरणी नक्षत्रमा प्रवेश गर्दैछन। मे ११को साँझ ६:२८सम्म यहि नक्षत्रमा रहने भएका कारण विभिन्न व्यक्तिहरुलै लाभ मिल्ने वाला छ भने कसैलाई अशुभ सावित समेत हुन सक्ला। सुर्यको नक्षत्र परिवर्तनसँगै विभिन्न नक्षत्रका भएका साथै विभिन्न अक्षरबाट नाम शुरु हुनेहरुको लागि शुभ र अशुभ रहने हुन्छ।

जो भरणी, कृतिका अनि रोहिणी नक्षत्रमा जन्मिएका हुन्छन्,तिनीहरुको नाम ल, अ, ई, उ, ए, व अक्षरबाट शुरु हुन्छ। यदि तपाईको नाम यी अक्षरबाट शुरु हुन्छ भने मे ११सम्म आगो देखि सावधान रहनु पर्ने हुन्छ भने पेट्रोलियम पदार्थ प्रयोगमा समेत संयमता अपनाउनु पर्ने हुन्छ। साथै तपाईले यस समयमा कुनै पनि नयाँ घर-जग्गा किन्दै हुनुहुन्छ साथै नयाँ कार्यको शुरुवात गर्दै हुनुहुन्छ भने संयम रहनु होला। यस सुर्यको नक्षत्र परिवर्तनले तपाईलाई घाटा पुग्ने हुँदा बिहान सुर्योदय हुँदा घरको सम्पूर्ण झ्याल-धोका खुल्ला राख्नु पर्ने हुन्छ।

मृगशिरा, आर्द्रा, पुनर्वसु साथै पुष्य नक्षत्रमा जन्मनु भएको छ भने तपाईको नाम व, क, घ, ङ, छ, ह, ड बाट शुरु हुने गर्छ। तपाईको लागि सुर्यको नक्षत्र परिवर्तन भरि पर्न सक्छ। तपाईको कुनै पनि कार्य निर्धारित समयमा सम्पन्न नहुँदा तपाईमा हतासा समेत रहने हुन्छ। साथै कुनै पनि कार्यमा मन नजाने हुँदा तपाईले ५ मुला अनि ५ बदाम सिरानीमा राख्नु पर्ने हुन्छ भने बिहानै कुनै पनि धार्मिक स्थानमा त्यसलाई विसर्जन गर्नु पर्ने हुन्छ।

आश्लेषा, मघा, पूर्वाफाल्गुनी साथै उत्तराफाल्गुनी नक्षत्रमा जन्मनु भएका छ भने तपाईको नाम ड, म, ट, प बाट शुरु हुने गर्छ। तपाईको लागि सुर्यको नक्षत्र परिवर्तन स्थिरता लेराउना मद्दत गर्ने देखिन्छ। ११ मे सम्म तपाईको भाग्य सुर्य जस्तै चम्कने देखिन्छ भने तपाईको अआर्थिक स्थितिमा सुधार आउने योग रहेको छ। यो समयमा तपाईले पित्तलको बस्तु प्रयोग गर्नु भएमा उचित रहने देखिन्छ।

हस्त, चित्रा और साथै नक्षत्रमा जन्मनु भएका छ भने तपाईको नाम प, ष, ण, ठ, र, तबाट शुरु हुन्छ। सुर्यको नक्षत्र परिवर्तन तपाईको लागि शुभ सावित हुने देखिन्छ। सम्पूर्ण समस्या हाल भएर जान सक्ला। आजको रातबाट तपाईको मे११ सम्म लक्ष्मीको कृपा बढेर जानेछ। साथै लक्ष्मीको कृपा कायम राख्नको लागि तपाईले घरबाट बाहिर जाँदा चोखो पनि एस् साथै मिठाईको प्रसादको रुप सेवन गर्नु होला।

यदि तपाईको जन्म विशाखा, अनुराधा, ज्येष्ठा साथै मूल नक्षत्रमा भएको हो भने तपाईको नाम त, न, य, भ अक्षरबाट शुरु हुने गर्छ। तपाईको लागि सुर्यको नक्षत्र परिवर्तन धेरैनै शुभ-फलदायी रहने देखिन्छ। तपाईको यस अवसरमा सामाजिक मान-मर्यादा बढेर जाने हुन्छ भने आर्थिक लाभ पनि मिल्न सक्ला। लाभ पाइराख्नको लागि बाँदरलाई केहि दान गर्नु होला।

पूर्वाषाढ़ा, उत्तराषाढ़ा साथै श्रवण नक्षत्रमा जन्मनु भएको हो भने तपाईको नाम भ, ध, फ, ढ, ज, खबाट शुरु हुने गर्छ। तपाईको लागि यस सुर्यको नक्षत्र परिवर्तनले तनाब दिलाउन सक्ने देखिन्छ। भनेको जस्तो समय बित्न नसक्दा रिस मात्र उठ्ने देखिन्छ। हरेक कार्यमा संयम रहनु पर्ने अवस्था रहने हुन्छ। यस क्रममा तपाईले सन्तलाई दान गर्नु भएमा तपाईको अवस्थामा केहि सुधार हुन सक्ला।

यदि तपाई धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपद साथै उत्तराभाद्रपद नक्षत्रमा जन्मनु भएको हो भने तपाईको नाम ग, स, द, थ, झ,ञबाट शुरु हुने गर्छ। यस सुर्यको नक्षत्र परिवर्तन खासै शुभ नरहने हुन्छ। आर्थिक व्यय बढेर जाने हुँदा मानसिक तनाव थपिने हुन्छ। साथै हरेक मामलमा उतार-चढ़ाव रहन सक्ला। यस समस्याको लागि तपाईले धार्मिक कार्यमा भरपुर लग्नु पर्ने हुन्छ। साथै बिहानै सुर्यको आराधना गर्नु होला।

रेवती, अश्विनी साथै भरणी नक्षत्रमा जन्मनु भएको हो भने तपाईको नाम द, च, लबाट शुरु हुने गर्छ। यस सुर्यको नक्षत्र परिवर्तन तपाईको लागि दुख सावित हुने देखिन्छ। तपाईले अपमानको सामना समेत गर्नु पर्ने हुँदा संयम रहनु पर्ने हुन्छ। साथै निराशा समेत बढ्न सक्ला। यसको लागि तपाईले बिहान सुर्यको आराधना गर्नु पर्ने हुन्छ भने बेलुका चन्द्रदेव आराधना गर्नु होला।

प्रतिक्रिया दिनुहोस्