Logo

घरेलु मैदानमा समेत स्पेन सोचे जसरी चम्किन नसक्दा गर्यो जम्मा १ गोल

स्पेन र स्वीट्जरल्याण्ड एक एक गोलको बराबरीमा रोकीएका छन् । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेको खेल निकै रोचक भएपनि जित कसैको पक्षमा परेन । घरेलु मैदानमा भएको खेलमा स्पेनले ६२ मिनेटसम्म लिएको अग्रता जोगाउन सकेन ।

स्पेनका अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्विटजरल्यान्डका रिकार्डो रोड्रिगेजले गोल गरे । स्पेन, पोर्चुगल, मोरक्को र इरानसँगै समुह बी मा छ । उसले ट्युनिसियासँग आगामी शनिबार अर्को मैत्रीपुर्ण खेल खेल्नेछ भने पछिल्लो समय उ फर्ममा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्