Logo

आत्महत्या गर्नुअघि प्रहरीलाई फोनमा ‘च्यालेन्ज’: बचाउन सके बचाऊ

विष पिएर आत्महत्या गर्नुअघि एक प्रेमी जोडीले प्रहरीलाई फोन गरेर आफूहरुले आत्महत्या गर्न लागेको बताउँदै ‘बचाउन सके बचाऊ’ भन्दै चुनौती दिएका छन् । लगत्तै उनीहरुले आत्महत्याको लागि विष पिए ।

यी दुईलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको मा युवतीको ज्यान गएको छ । युवकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उत्तर प्रदेशको बागपतका यी दुईले विष पिउनुअघि प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूहरु भएको ठाउँ बताउँदै आफूहरुले विष पिउन लागेको र बचाउन सके बचाउ भन्दै चुनौती दिएका थिए ।

उनीहरुले आफूहरु टटीरी रेलवे स्टेशनमा भएको बताएका थिए । लगत्ते प्रहरी घटनास्थलतर्फ गयो । प्रहरी पुग्दासम्म यी दुईले विष पिइसकेका थिए । गम्भीर अवस्थामा भेटिएका उनीहरुलाई अस्पताल ल्याइएकोमा प्रेमिकाको ज्यान गएको छ । प्रेमीलाई दिल्लीको जीटीबी अस्पताल रेफर गरिएको छ । प्रेमिकाको नाम रितु र प्रेमीको नाम भरत भएको बताइएको छ । उनीहरुले आत्महत्या किन गर्न खोजे भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्