उडिरहेको जहाज सामान्य कारणले अवतरण हुने क्रम हिजोआज बढ्दो छ । जसको पछिल्लो उदाहरण नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमान बनेको छ ।नेदरल्याण्डस्को उक् जहाज पोर्चुगलमा आपतकालीन अवतरण गर्यो । जसको कारण हो यात्रुको जिउ गन्हाउनु । ज स्पेनको ग्रेन टापुका लागि उडेको उक्त विमानका एक यात्रुको जिउ औधी गन्हाएको भन्दै यात्रुहरुले कचकच सुरु गरेपछि दुर्गन्ध सहन नसकेर बेहोस भएको र आपतकालिन अवतरण गर्नुपरेको बताइएको छ ।
अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार जहाजका स्टाफले जिउ गन्हाउने व्यक्तिलाई ट्वाइलेटमा थुन्ने कोसिस पनि गरे पनि दुर्गन्ध कम नभएपछि विमान पोर्चुगलमा आकस्मिक अवतरण गरी ती व्यक्तिलाई उपचारका लागि पठाइएको स्रोतले जनाएको छ । जुन घटनाले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।
प्रतिक्रिया