Logo

विश्वकपको पूर्वसन्ध्यामा मेस्सीलाई खेल नखेल्न आग्रह गर्दै दिइयो यस्तो खतरनाक धम्की

अर्जेन्टिना स्टार स्ट्राइगर लियोनेल मेस्सी फेरी एक पटक अप्ठ्यारोमा परेका छन् । उनका फ्यानहरुले  यदी मेस्सी इजरायलविरुद्धको मैत्रीपुर्ण खेल खेलेमा फेयानहरुले उनको फोटो र जर्सी जलाउने चेतावनी दिएका छन् ।

प्यालेस्टायनियन फुटबल एसोसियसन प्रमुख जिब्रिल राजोउवले अर्जेन्टिनाले आउने शनिबार इजरायलसँग मैत्रीपुर्ण खेल खेल्ने तयारी गरिरहेका बेला फिफाको ९८ औ स्थानमा रहेको इजरायलले राजनीतिक अस्त्रका रुपा उक्त खेल खेलाउन लागेको जिब्रिलले आरोप लगाएका हुन् ।

‘अर्जेन्टिनाका स्टार खेलाडीहरुले इजरायलविरुद्ध खेल खेलमा प्यालस्टानियन फुटबल फ्यानहरुले यसको चर्को विराध गर्दै त्यस्तो धम्की दिएका हुन् । उनीहरुले मेस्सीलाई उक्त खेल नखेल्न विनम्र आग्रह गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्