Logo

श्रीमती छाडेर अर्कै केटीलाई घुमाउदा श्रीमती अर्कै केटासंग हिडिन भने सहन सकिएला ?

सुखी खुशी शान्तिले चलेको परिवार हामी जो कसैको होस् थियो । समय अनुसारको परिवर्तनले परिवारमा अशान्ति सुरु हुन थाल्यो । आखिरी किन अशान्ति हुदैछ परिवारमा खोज अनुसन्धान गर्दै जाँदा कुरा थाहा भयो । कारक तत्व पत्ता लाग्यो त्यो रहेछ फेसबुक ।

हुन त फेसबुक हामी सबैले चलाउदै आएका छौ । चलाउछौ चलाऔ तर पुरुष र नारीमा किन बिभेद ? नारीका पनि फेसबुकमा केटा साथी हुन्छन । पुरुषका पनि नारी साथी हुन्छन । सामान्य कुरा हो हाई हेलो सन्च बिसन्चो सोध्नु पर्छ । साथीभएपछि बोल्नु पनि पर्छ । यदी नबोल्ने भए किन साथी बनाउनु र साथी छ । साथीको अर्थ पनि त्यही हो ।
तर साथी भन्दैमा नारी वा केटीहरुको दोष देख्थे त्यो मेरो भ्रम रहेछ । कुरा पत्ता लगाउने क्रममा केटी भन्दा बढी पुरुषको दोष म देख्छु । किनकी घरमा आफ्ना श्रीमती छोराछोरी हुदाँहुदै पनि केटी साथी भए भन्दैमा दिन रात च्याटमा एसएमएस र कुराकानी गर्ने अनि केटीले राम्रो बोल्यो भन्दैमा नंबर माग्दै भेटौ न सगैँ चिया कफि खाजा खाउँ भन्नु कतिको जाहेज कुरा हो ।

घरमा श्रीमती श्रीमान आउछन र खाजा खाने भनेर कुरेर बस्छन तर श्रीमान बाहिरै होटलमा खाजा खाएर अबेला घरमा आउछन । श्रीमालाइ कुरेर बसेकी श्रीमतीलाई उल्टै थर्काउछन र भन्छन ‘भोक लागेको छैन’ । के यो समयको दोष हो्र ? घरमा श्रीमती हुदाँहुदै अरु केटीसगँ माया प्रेम गर्नु भन्दा श्रीमतीलाई माया गर होटलमा खाजा खान फेसबुके केटीनै किन लानु श्रीमती लैजाउँ आखिर सबै केटी एउटै हैनर ? त्यो फेसबुके केटीलाई गर्ने खर्चले छोरालाई फलफुल खुवाए के छोरो राम्रो हुदैन ? श्रीमतीलाई फलफुल खुवाए श्रीमती राम्री हुन्न र । अनि त्यो केटीलाई सपिङ गरिदिने प्रसाले आफनी श्रीमतीलाई राम्रो कपडा किनिदिए त्यो केटी भन्दा राम्री श्रीमती देखिन्न र ?

फेसबुके केटीहरु जति राम्रा देख्छौ आँखा चिन्लेर सोच त्यो भन्दा श्रीमती १० गुणा राम्री देख्छौ केटीलाई फोन गर्नु भन्दा बाबा आमालाई फोन गर भगवान आमा बाबा खुशी हुन्छन । केटीलाई घुमाउन लानु भन्दापरिवारलाई घुमाउ परिवार खुशी हुन्छन । तिमीलाई माया गर्छ माया गर्न सिकाउछु तिमीलाई के गिफ्ट दिउ भन्दै पछि लाग्ने पुरुष के पुरुष के नारी केटीले यसै गरि केटाहरुसगँ नंबर माग्दै कल गर्दै भेट्न जाने घुम्न जाने तिमीलाई माया गर्छु भन्दै हिड्ने हो भने तिमी श्रीमान पुरुषलाई सैय हुन्छ आफै बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्