Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

के हुन्छ त्यस्तो नाडी छेऊको रेखामा जसबाट सजिलै पत्ता लाग्छ तपाइँको बाच्ने आयु कति हो ?


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

संसारको पहिलो र पुरानो बिज्ञान हो, ज्योतिष बिज्ञान यसमा टेकेर नै अन्य विज्ञानको कल्पना अथवा सुरुवात भएको स्पस्ट इतिहास छ । ज्योतिष बिज्ञान हिन्दु धर्मबाट उत्पत्ति भएको हुँदा पछी यसमै टेकेर अन्य विज्ञान बने पनि, तर यसलाई हिन्दु दर्शनप्रत भनि अलि कम महत्व दिने गर्न थालिएको पाईन्छ । तथापी यसको सहि ज्ञान हुनेहरुले मानव जीवनका हरेक कुरा जन्म मिति बार,महिमा गते तथा हस्तरेखा हेरेरै स्पस्ष्टैसंग भाग्य,स्वभाव र चरित्र पत्ता लगाउन सक्छन ।

तपाईको जीवनका थुप्रै राजहरु लुकेका हुन्छन् तपाईको हस्तरेखामा, जस मध्ये कुनै तपाईको हात हुन्छन्, कुनै हत्केलामा त कुनै हातको आसपासको हिस्सामा रहेका हुन्छन्। यस्तै नै एउटा रेखा हुन्छ नाडीरेखा (मणिबंध) जसले बताउछ छ तपाइको उमेर कति हुन सक्छ । आउनुहोस्, अब जानौं नाडीरेखा सम्बन्धी महत्वपुर्ण र तथ्यपूर्ण कुराहरु:

के हो नाडीरेखा (मणिबंध)

तपाईको हत्केला र नाडीको संगमस्थलमा बन्ने गोलो रेखा नै मणिबंध हो । मणिबंध अथवा नाडीरेखा, पुरुषको हकमा हेर्दा दाहिनेको हेरिन्छ भने महिलाले हकमा देब्रे हातको रेखा अध्‍ययन गर्नुपर्ने हुन्छ । कोहि मानिसको हातमा एक मात्र मणिबंध रेखा हुन्छ भने कुनै मानिसहरुको दुई देखि तीन रेखाहरु हुन सक्छन् । यिनै रेखामा नै मानिसको आयुको रहस्‍य छिपेको अथवा लुकेको हुन्छ।

सुन्दर मणिबंध हुनु भाग्‍यको प्रतीक

डोला डोला अर्थात् मिलेको नाडीको किनारा जसमा हड्डी देखा पर्छ, तर जसमा बनेको मणिबंध एकदम राम्रो पनि देखिन्छ र यो तपाइको भाग्‍यवान् हुने शुभ लक्षण पनि हुन्छ।

कस्तो मणिबंध रेखा हुनेको आयु कति हुन्छ ?

अल्‍पायुको संकेत

यदि कसैको कलाई अर्थात् नाडीको किनारामा एक मात्र मणिबंध रेखा हुन्छ यसलाई अल्‍पायुको संकेत मान्ने गरिन्छ । त्यसकारण एक मणिबंध रेखा हुने मानिसलाई खासै शुभ: मानिदैन। तर यदि तपाइँको मणिबंध रेखा राम्रो र स्पष्ट छ भने नात्तिनुहोस् यस्तो छ भने अल्पायुको असर कम हुने सम्भावना पनि हुन्छ ।

तीन मणिबंध अर्थात् लामो आयु

जुन व्‍यक्‍तिको हातमा तीन मणिबंध रेखाहरु छ भने यो अति शुभ: संकेत हो । अनुमान गर्ने हो भने यस्ता व्‍यक्‍तिको उमेर ८० देखि ८५ वर्षको बीच हुने गर्दछ । तर, हत्केलामा रहेको हस्तरेखाले अनिष्‍ट हुने संकेत गरेको अवस्थामा यसको प्रभाव कम हुन सक्छ। त्यसैले हस्तरेखा र मणिबंध रेखा बीचको सम्बन्ध पनि राम्रो हुनु पर्छ ।

हत्केलाको रेखाहरु र मणिबंधको सम्बन्ध

यदि तपाईको जीवन रेखा केहि कमजोर छ तर मणिबंध अत्यन्त शुभ: छ भने दुबैको संयुक्‍त प्रभावबाट तपाईको आयु लामो हुनेछ किंतु स्‍वास्‍थसंग सम्बन्धित समस्याले भने सताईरहने हुन्छ।

यदि तपाइँको दुई मणिबंध रेखाहरु छ भने के हुन्छ ?

दुई रेखाहरु औसत आयु
यदि तपाईको हातमा शुभ: लक्षणवाला दुई मणिबंध रेखाहरु छ भने तपाईको आयु ५० देखि ५५ को बीच हुन सक्छ परन्तु जीवन रेखा कमजोर भएमा आयु यो भन्दा पनि घटी पनि हुन सक्दछ।