Logo

असार १३ बाट मंगल ग्रहले राशी परिवर्तन गर्दै ! कुन राशी मालामाल हुने ? कुन राशी कंगाल? हेर्नुहोस् !

शौर्य, साहस, बल, पराक्रमको प्रतिनिधि ग्रह मंगल आषाढ १३ बाट आफ्नो उच्च राशि मकरमा राशी परिवर्तन गर्दै छ। लगभग तिन महिना पछि मंगल ग्रहले रशी परिवर्तन गर्न लागेको हो। यस क्रममा विभिन्न राशिलाई फरक-फरकका लाभ मिल्ने हुन्छ। यदि कोहि व्यक्ति मंगलको महादशा, अंतर्दशा देखि ग्रषित रहेको छ भने यस अवस्थामा झन् धेरै दुख खेप्नु पर्ने हुन्छ।

अहिलेको अवस्थामा मकर राशिमा शनि ग्रह पनि रहको हुँदा जून २७बाट मंगल ग्रह र शनि ग्रह सँगै एउटी राशिमा हुनेछन्। शनि ग्रह र मंगल ग्रहसँगै एउटी राशिमा हुनुलाई धेरै अशुभको रुपमा लिईने गरिन्छ। मंगल ग्रहको रशी परिवर्तन ज्येष्ठ शुक्ल चतुर्दशी बुधवार जून २७को दिन हुनेछ। यस क्रममा राशि अनुसार मिल्ने फल निम्न अनुसार रहेको छ।

मेष राशि

यस रशी परिवर्तनको क्रममा मंगल मेष राशिको दशम स्थानमा रहने छ। यस राशि हुनेहरुलाई दुई तरिकाको असर हुनेछ। लाभ मिलेमा अत्याधिक मिल्ने हुन्छ भने नोक्सान भएमा पनि धेरैनै नोक्सान हुन सक्छ। जागिरमा पदोन्नतिको योग बने तापनि केहि हदसम्मको खेप्नु पर्ने हुन सक्ला।

वृष राशी

यस राशीको नवम स्थानमा मंगल ग्रह रहने हुँदा हरेक कार्य प्रभावित हुने हुन्छ। केहि पनि काममा मन नलाग्न सक्ला। हरेक आर्थिक कार्यमा विराम लाग्नाले मानसिक तनाव बढेर जान सक्ला। शरीरमा आलस्यता बढेर जाने देखिन्छ भने यस समयमा आर्थिक लेन-देनको कार्य नगरेकै उचित रहन सक्ला।

मिथुन राशि

यस राशिको अष्टम भावमा मंगल ग्रह रहने हुँदा मिथुन राशि हुनेहरुले धेरै संयम रहनु पर्ने अवस्था आउन सक्ला। कोहिसँग पनि झगडा हुन सक्ने हुँदा सानो-तिनो भनाइ खप्नु भएकै उचित हुने देखिन्छ। यात्रा गर्दा पनि हदै सम्मको संयमता अपनाउनु पर्ने अवस्था रहने आउन सक्ला। कानुनी कार्यमा तपाईलाई विशेष नोक्सान पुग्न सक्ला।

कर्कट राशि

कर्कट राशिको सप्तम भावमा मंगल ग्रह रहने हुँदा यस राशि हुनेहरुको पारिवारिक जीवनमा धेरै असर पर्ने देखिन्छ। पारिवारिक समस्याका कारण व्यवसायमा पनि असर पर्ने हुन्छ। यस समयमा परिवार भित्र अनेक प्रकारका समस्या देखा पर्न सक्छ। प्रेम सम्बन्धमा पनि ठुलै समस्या आइलाग्न सक्ला।

सिंह राशि

यस राशिको छैठौ भावमा मंगल ग्रह रहने हुँदा स्वास्थ्यमा धेरै प्रकारको असर पर्ने गर्छ। स्वास्थ्य सम्बन्धि समस्याले धेरैनै समस्या आउन सक्ला। विशेषतः पाचन सम्बन्धि समस्याले सताउन योग रहेको छ भने मंगलको ग्रह परिवर्तनले तपाईको गोपनियतामा समेत हलचल ल्याउने देखिन्छ। सकेसम्म यस समयमा तपाईको गोप्य जानकारी कसैसँग पनि बढ्ने कार्य नगर्नु होला।

कन्या राशी

कन्या राशिहुनेहरुको कुन्दलिको पाँचौ भागमा मंगल ग्रह रहने हुँदा यस मंगल ग्रहको राशि परिवर्तनले सन्तान साथै शिक्षा क्षेत्रमा असर गर्न सक्ला। यस समयमा कन्या राशि हुनेहरुले सन्तानको बारेमा धेरैनै ध्यान दिनु पर्ने हुन्छ। शिक्षाको क्षेत्रमा कन्या राशि हुने व्यक्तिहरुले कडा मिहिनेत गरेमा मात्रै सफलता मिल्न सक्ला।

तुला राशि

तुला राशिको चौथो भावमा मंगल ग्रह गर्ने हुँदा यस राशि हुनेहरुलाई चली रहेको कार्य बन्द गर्नु पर्ने अवस्था आउन सक्ला। भौतिक सुखको मामलामा कमि रहन सक्ला। व्यवसायमा आर्थिक घाटाको सम्भावना बढेर जान सक्ला। रोजगारीको स्थानमा पनि यस राशि हुनेहरुलाई मान हानी खेप्नु पर्ने हुन सक्ला।

वृश्चिक राशि

वृश्चिक राशिको तृतीय भावमा मंगल ग्रह रहने हुँदा यस राशि हुनेहरुलाई पैतृक सम्पतिको मामलामा धेरैनै लाभ मिल्न सक्ला भने बिछोड भएका मित्रहरुसँग पनि भेट हुन सक्छ। तर आर्थिक कार्यमा भने योजना विस्तारको लागि ऋण लिनु पर्ने अवस्था आउन सक्छ। पारिवारिक रुपमा समय राम्रै रहन सक्ला।

धनु राशी

धनु राशिको द्वितीय स्थान यानी धनको भावमा मंगल ग्रह रहने हुँदा यस राशि हुनेहरुलाई सफलताको मार्ग मिल्न सक्छ। अत्याधिक धन लाभ हुने अवस्था आउन सक्ला भने हरेक व्यवसायमा सफलता बढ्ने देखिन्छ। ठुलै आर्थिक-व्यापारिक योजना समेत हात लाग्न सक्ला। मंगल ग्रहको राशी परिवर्तनसँगै यस रशी हुनेहरुको शत्रु भने बढेर जान सक्लान्।

मकर राशी

यस राशिको प्रथम स्थानमा मंगल ग्रह रहने हुँदा यस राशी भएका व्यक्तिहरुलाई शारीरिक रूपबाट शिथिलता महसूस हुन सक्ला। मानसिक रूपबाट पनि विचलित हुनुपर्ने अवस्था आउन सक्छ। यस राशि हुनेहरुको शरीरमा अलस्यता हुने हुँदा व्यापार-व्यवसायमा लाभ पनि ठप्पनै रहने सक्ला। आर्थिक संकटले तनाव दिन सक्ला।

कुम्भ राशि

यस राशिको द्वादशि स्थानमा मंगल रहने हुँदा खर्च बढेर जान सक्ला। अत्याधिक खर्च हुने हुँदा आर्थिक संकटको सम्भावना देखिन्छ। यस राशि हुनेहरुको अर्थ साथै समय अनावश्यक कार्यमा खर्च हुन सक्ला। कुनै विशेष कार्य सम्पन्न नहुने हुँदा सजक रहनु पर्न सक्छ। तर केहि हदसम्मको आर्थिक लाभको भने अपेक्षा राख्न सकिन्छ।

मिन राशि

यस राशि हुनेहरुको एकादशी भावमा मंगल ग्रह रहने हुँदा आयको श्रोतमा असर पर्न जाने गर्छ। यस समयमा ऋण नलिएकै उचित हुने देखिन्छ।लेन-देनको कारमा विशेष ध्यान दिनु पर्ने अवस्था नआउला भन्न सकिन्न। तर पहिला फसेको पैसा भने धेरै कष्ठसँग उठाउन यस भएका व्यक्तिहरु सफल हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्