Logo

रेड बुल खाएर खुशी भएपछि युवतीको मृत्यु, पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै परे चकित

कहिलकाहिँ खुसी पनि निकै महङ्गो पर्दछ । यस्तै भएको छ, मेक्सिकोकी १६ वर्षीय युवतीलाई । विदा मनाउन साथीहरुसँग एउटा समुन्द्री किनारामा पुगेकी लिनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार तत्काल के कति कारणले उनको मृत्यु भएको भन्ने कुरा थाहा नभएपनि पोष्टमार्टम गरिएपछिको कारण थाहा पाएपछि भने सबै चकित बनेका थिए ।

के थियो त कारण ?

पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै हैरान भएका समाचारमा उल्लेख छ । पोष्टमार्टमको रिपोर्टमा मृत्युअघि लिना निकै खुशी भएको उल्लेख छ । अर्थात, खुसी बढी भएकै कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताए ।

घटनाको प्रहरीले जाँच शुरु गरेपछि उनका साथीहरुसँग सोधपुछ गरिएपछि केही अचम्मलाग्दो कुरा खुलेको थियो । उनका साथी र परिवारका सदस्यहरुका अनुसार, समुन्द्री किनारामा मस्ती गरिरहेको बेला लिनाले अचानक आफू औधी खुशी भएको बताएकी थिइन । “म निकै खुशी छु, मभित्र निकै उर्जा आएजस्तो लागेको छ ’ उनले भनेकी थिइन । यो कुरा गरेको केही समयमा नै उनको मृत्यु भयो ।

जाँच अधिकारीहरुका अनुसार, लीनाको मृत्युको कारण इनर्जी ड्रिक्स थियो । उनीहरु भएको स्थानमा खानेपानी नभएकोले मिनरल वाटरको स्थानमा इनर्जी ड्रिक्स लगेका थिए । इनर्जी ड्रिक्समा क्याफिन बढी भएको हुँदा उनको शरीरमा क्याफिनको मात्रा निकै बढी भएको अवस्थामा शरीरले सहन नसकेर मृत्यु भएको हुनसक्ने डाक्टरहरुको निष्कर्श थियो ।

प्रतिक्रिया दिनुहोस्