Logo

पालै पालो ३ दिदीबहिनीहरुको बलात्कारपछि गरियो विभत्स हत्या, गाउँ नै शोकमा

३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको खबरले अहिले हंगामा मच्चिएको छ । घटना हो भारतको हो । भारतको विहार स्थित बाङ्का जिल्लामा यो खबरले अहिले गाउँ नै शोकमा डुबेको छ । प्रहरीले ३ दिदी बहिनीको बलात्कारपछि हत्या गर्नका लागी प्रयोग गरिएका धारिला हतियार समेत फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार हत्या गरिएकामा स्थानीय परमेश्वर यादवकी १४ वर्षीय छोरी पवि कुमारी, ९ वर्षीय अनिता र ७ वर्षीय प्रियंका रहेका छन्। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले हत्याका विषयमा अहिलेसम्म केही बोलेको छैन । बलात्कारको घटना बाहिर आउन सक्ने डरले बलात्कारीले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्