Logo

यी प्रहरी अफिसर जस्ले फोहोरको थुप्रोमा अलपत्र भेटिएको भर्खरै जन्मिएको नवजात शिशुलाई स्तनपान गराएर ज्यान बचाए पछि चौतर्फी चर्चा

फोहोरको थुप्रोमा अलपत्र भेटिएको भर्खरै जन्मिएको नवजात शिशुलाई स्तनपान गराएर ज्यान बचाए पछि एक महिला प्रहरीको चर्चा चुलिएको छ । दक्षिण भारतको कर्नाटकमा फोहरको थुप्रो माथि फलिएर रोइरहेको अवस्थामा भेटिएको नवजात शिशुलाई एक महिला प्रहरीले स्तनपान गराएकी थिएन् । उनको सबैले प्रशंसा गरेका छन् । ति महिला प्रहरीले बिबिसीसंग भनेकी छन् ‘मैले त्यो देख्नै सकिनँ,मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।’

राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासीन्दाको खबर पाएर घटनास्थल पुगेकी महिला प्रहरीले नवजात शिशुको ज्यान बचाएकी हुन् । शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।

महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । बीबीसीसँगको कुराकानीमा अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् । प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए । शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्