Logo

चट्याङ डुंगामा बज्रिँदा पोखराको फेवातालमा हराएका सुप्रिम लामाको शव भेटीयो

फेवातालमा बेपत्ता भएका रामेछापका सुप्रिम लामा ११ दिनपछि मृत अवस्थामा फेला परेका छन् । उनि जेठ १३ गते फेवातालमा डुंगा शयर गर्दै गर्दा बेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामाको शव बुधबार मध्यान्ह फेला परेको हो । उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा फेला परेको हो ।

जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला डुंगामै चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । सुप्रिल तालमा डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केही पत्तो नलागेपछि पोखराबाट फर्किनुभएको थियो ।

फेवातालको शीर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डीएसपी कार्कीले बताउनुभयो । शिर भागतिरकै स्थान करिब ८० फिट गहिरो छ । उद्धारमा जुटेका टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो थियो ।

१८ वर्षीय सुप्रिलसँगै सिन्धुली घर भई भक्तपुर बस्ने १८ वर्षीय विशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, १७ वर्षीय सुशील कुँवर र काठमाडांै सितापाइला घर भएका १७ वर्षीय अनिल रोक्का जेठ १२ गते पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेको र साथीहरुले उनलाई बचाउने प्रयास गर्दा लाइफ ज्याकेटको तुना नबानेका कारण डुबेको साथीहरुको बताएका छन् ।भिडियोमा हेर्नुहोस यस्तो अवस्थामा फेला परेका थिए सुप्रिम प्रतक्ष्य भिडियो सहित

प्रतिक्रिया दिनुहोस्