Logo

नेपालगञ्ज गोल्डकपः लाली रुपन्देही पुग्यो फाइनलमा

बाँकेमा जारी नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा पुगेको छ । नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा आयोजक नेपालगञ्ज–११ लाई पाखा लगाउँदै लाली रुपन्देही फाइनलमा पुगेको हो ।

उसले नेपालगञ्ज ११ लाई २ का विरुद्ध ४ गोलको अन्तरले पाखा लगाएको हो । प्रतियोगिता अन्तर्गत भोली दोश्रो सेमिफाइनल खेल संकटा क्लब र सुदूूरपश्चिम–११ बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपालका ए डिभिजनमा रहेका ६ वटा क्लबको सहभागिता छ । आज भएको खेलमा रुपन्देहीका तर्फबाट साले, जनक कार्की, ग्लोरीजोन र फोनाले १/१ गोल गरेका थिए ।

नेपालगञ्जका तर्फबाट कर्ण लिम्बू र विभूषण केसीले १/१ गोल गरे । खेलमा रुपन्देहीका जोन म्यान अफ द म्याच भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्