Logo

समाजको पछिल्लो अवस्थाले नेपालमा जिगोलो (पुरुष वेश्या)को संख्या बढ्दै…

विभिन्न सामाजिक संघसंस्थाको अध्ययन अनुसार नेपालमा २ लाखको हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गरिएको छ । जसमध्ये १२ प्रतिशत अर्थात् झन्डै २५ हजार पुरुष यौन व्यवसायी रहेको तथ्यांकले देखाएको छ ।

केहि बर्ष देखि पोखरामा बस्दै आएका बिपिन (नाम परिवर्तन )को जीवन फेरिएको छ । मध्य पहाडी जिल्लाका उनी जागिर खोज्दै २ बर्ष अगाडि पोखरा आएका थिए । डान्स क्लबमा बाउन्सरको जागिर पाए पनि तलब राम्रो थिएन । घरका जेठा छोरा उनले घरमा पनि पैसा पठाउने दायित्वमा बाँधिदा क्लबको जागिरले मुस्किलले जीविकोपार्जन गरिरहेका उनको एक दिन धनाढ्य परिवारकी एक महिलासंग क्लब मै परिचय भयो ।

सुरुमा त उनले विवाहित महिला भएकै कारण खासै कुरा गरेनन् । तर प्रत्येक भेटमा केहि न केहि उपहार पाउन थालेपछि उनि नजिकिन थाले । भेट बाक्लिन थाल्यो । श्रीमान विदेश रहेका ति महिलाले एकदिन डिनरको लागी भन्दै घर मै बोलाइन र मदिरा पिलाइन् । त्यो रात त्यहि बस्न पनि भनिन् । यौन सम्पर्क पनि भयो । त्यसपछी यो क्रम दोहोरिन थाल्यो । केहि महिना सम्म ति महिला नै उनको आम्दानीको स्रोत बन्न थालिन् ।

आर्थिक समस्या पर्दा पनि उनि त्यही महिलालाई भन्थे । ति महिलाले महंगा मोबाइल ,बाइक र रकम समेत दिइन् । त्यति मात्र नभई उनले आफु जस्तै एकल महिला साथीहरुलाइ पनि परिचय गराइन् र उनिहरु संग पनि यौनसम्बन्ध बन्यो । उनले जागिर नै छोडे र महिलालाइ यौन सन्तुष्टि दिने कार्य गर्न थाले र यसलाई नै पेसा बनाए । यसरी २ बर्षको अबधि मै घरमा पैसा पठाएर पनि राम्रो बैंक ब्यालेन्स गर्न समेत उनले भ्याए ।

नेपालमा रहेका २५ हजार पुरुष यौन व्यवसायीमध्ये करिब ५० प्रतिशत पुरुष यौन व्यवसायी काठमाडौं केन्द्रित छन् भने तीबाहेक अन्य पुरुष यौन व्यवसायी पोखरा ,बिराटनगर, झापा,बुटवल लगायत व्यस्त सहर तथा सीमावर्ती बजारमा छन् । पुरुष यौनकर्मीको रेट यत्तिनै भन्ने नभए पनि एक रातको १० हजार देखि २५ हजार सम्म रहेको छ । पुरुष यौन व्यवसायीहरुका ग्राहकहरु उच्च घरानादेखि उच्च ओहोदासम्ममा पुगेका केही महिला रहेको अध्ययनले देखाएको छ । लाहुरे जीवनको क्रममा विभिन्न मुलुकमा पुगेका पुरुषका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारमा रहेका पुरुषका श्रीमती, एकल महिला पुरुष यौन व्यवसायीका ग्राहक हुन् । पुरुष यौन व्यवसायीलाई कतिपय महिलाले घरमै बोलाएर तथा कतिपयले क्यासिनो, लक्जरियस होटेल तथा सुरक्षित स्थलमा बोलाएर यौन सन्तुष्टि लिने गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट पनि पुरुष यौनकर्मीहरुले आफ्नो ग्राहक खोज्ने गरेका छन् । त्यस्तै महिलाहरु पनि नक्कली आइडीबाट पुरुष खोज्ने गरेको पुरुष यौनकर्मीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्