Logo

मेस्सीलाई धम्की आएपछि अर्जेन्टिनाले चाल्यो यस्तो कदम

मेस्सीलाई धम्की आएपछि अर्जेन्टिनाले इजरायलसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नखेल्ने भएको छ । हाल इजरायल र प्यालेस्टाइनबीचको राजनीतिक दंगा भड्किएको छ ।

अमेरिकाले इजरायलको समर्थनमा प्यालेस्टाइनमा भएको आफ्नो राजदुतावास हटाएपछि प्लोस्टाइनले त्यसको चर्को विरोध गरिरहेको छ । यदि अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल खेले प्यालेस्टाइनले मेस्सीको जर्सी र पुत्ला जलाउने धम्की दिएको थियो ।

 खेलाडीको सुरक्षा मध्यनजरगर्दै अर्जेन्टिनी फुटबल संघले इजरायलसँगको खेल स्थगित गर्नुपरेको अर्जेन्टिनी राष्ट्रिय टोलीका स्ट्राइकर गोन्जालो हिंग्वेनले बताएका छन् । तर अर्जेन्टिनाको यस कार्यप्रति इजरायल बेखुशी भएको बताइएको छ ।

इजरायली रक्षामन्त्री एभिगडोर लिबरम्यानले अर्जेन्टिनी निर्णयको निन्दा गरेका छन् । उनले सुरक्षामा कुनै कमी हुन नदिने बताए । यद्यपी अर्जेन्टिनामा भएको इजरायली दुतावासलेपनि खेल स्थगित भएको पुष्टि गरिसकेको छ ।

केहि हप्ता अघिमात्र १ सय २० प्यालेस्टाइनी नागरिकहरु इजरायली सेनाद्वारा मारिएका थिए । यसले दुई देशबीचको अवस्था तनावग्रस्त बनेको छ । अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल नखेल्ने भएपछि प्यालेस्टाइनले भने अर्जेन्टिनालाई धन्यवाद दिएको छ ।

प्यालेस्टाइनको फुटबल संघले अर्जेन्टिनी फुटबलसंघलाई धन्यवाद भनेर पत्र लेखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्