Logo

फेवातालमा डुब्नु अघि आँफैले डुङ्गा चलाएर हाँसीहाँसी घुमिरहेका सुप्रिलको शव दश दिनपछि फेला

फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् ।

यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफँै डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा तैरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डुबेकै दिनदेखि गोताखेरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोलीले खोजी कार्य जारी राखेपनि फेवातालको शिरतर्पm गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने बताइएको छ । लामाको शव परीक्षण गरी आजै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्