Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

गृहमन्त्रीको ठोकुवा : विप्लव राज्यद्रोही, सिके राउत अतिवादी यिनीहरुलाई अब राज्यले तह लगाउने छ


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको ठोकुवा गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रबिक्रम चन्द, बिप्लव नेतृत्वको माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिनुभयो ।

गृहमन्त्रीको नजरमा बिप्लव राज्यदोही शक्ति, सीके राउत अतिवादी र हिन्दु धर्मको नाममा चलखेल गर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति हुन । बिप्लव, सिके राउत र हिन्दु धर्म चाहिन्छ भन्नेहरुले मुलुकमा समृद्धि रोक्नका लागि अस्थिरता फैलाउने प्रयास गरिरहेको पनि थापाले बताउनु भयो । गृहमन्त्री थापाले बिप्लव नेतृत्वको नेकपा राज्यद्रोही शक्ति नै भएको किटानी गर्नुभयो ।

‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनु पर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ, उस्ले बिकाश होइन, बिनाशमा मात्रै सहभागीता जनाउँछ,’ थापाले भन्नुभयो, ‘चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु नै हुन, उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको छ, प्रधानमन्त्रीले पनि मुलधारमा आउन आह्वान गर्नुभएको छ ।’

गृहमन्त्री थापा सीके राउतलाई बिखण्डनकारी भन्दै कडा रुपमा प्रस्तुत हुनुभयो । सीके राउत, गोइत, ज्वाला सिंहको नाम किटानी गर्दै थापाले भन्नुभयो, ‘उनीहरु अलग मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके, यिनीहरु बिखण्डनकारी नै हुन ।’ गृहमन्त्री थापाले हिन्दुधर्मको नाममा भइरहेको चलखेल पनि शैह्य नभएको बताउनु भयो ।

‘हिन्दु र क्रिष्टियन धर्मका नाममा पनि अस्थिरता फैलाउने प्रयास भइरहेको छ, उनीहरु विखण्डनकारी नभई व्यवस्था विरोधी हुन, यिनीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्र पाच्य भएको छैन,’ गृहमन्त्रीले आफ्नो निश्कर्ष सुनाउनु भयो । थापाका अनुसार अस्थिरता फैलाउन चाहने शक्तिहरु कमजोर अवस्थामा रहेकै बेला अव निस्तेज पारिने छ ।