Logo

वैज्ञानिकहरुले गरे यस्तो दावी, पृथ्वीमा जीवनको अन्त्य हुने !

वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् कि पृथ्वीको चुम्बकीय ध्रुब परिवर्तन हुन् सक्छ। जस कारण चुम्बकीय कवच कमजोर हुन्छ। सूर्यको हानिकारक विकिरणहरु पृथ्वीको वायुमण्डल हुदै सजिलै पृथ्वीको सतहमा आउनेछन्। त्यसकारण मङ्गल ग्रह जस्तै पृथ्वीको वायुमण्डलको विनाश जीवनको अन्त्यको कारण बन्न सक्छ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको कोरमा रहेको तरल फलामले एक विशाल विधुत चुम्बक जस्तो व्यवहार गर्दछ , जसको दुई चुम्बकीय ध्रुवहरु छन्। यसले ईलेक्ट्रोम्याग्नेटिक करेन्ट पैदा गर्छ, जो पृथ्वीको वरिपरी एक चुम्बकीय क्षेत्र म्याग्नेटोस्फेयर (Magnetosphere) बनाउँछ।

अन्तरिक्षको हजारौ माइलसम्म फैलिएको यस चुम्बकीय क्षेत्रले सूर्यबाट आउने घातक विकिरणहरुबाट पृथ्वीलाई जोगाउँछ। पृथ्वीमा जीवन यो कवचमा निर्भर छ। यसको विनाश पछि, पृथ्वीमा जीवन समाप्त हुन् समय लाग्ने छैन।

पृथ्वीको कोरमा रहेको तरल फलाम स्थिर छैन। यसकारण पृथ्वीको उत्तरी र दक्षिणी चुम्बकीय ध्रुव प्रत्येक दुई या तीन लाख वर्षमा एकअर्काको स्थान परिवर्तन गर्दछ। युरोपियन स्पेस एजेन्सी (ESA) को उपग्रहद्वारा एकत्रित तथ्यांकको अनुरुप हरेक दश वर्षमा पृथ्वीको चुम्बकीय क्षेत्र पाँच प्रतिशतको दरले कमजोर भईरहेको छ । यो दर पूर्व अनुमान भन्दा दश गुणा बढी छ।

केही अध्ययनहरुका अनुसार यो परिवर्तन करिब ७.८० मिलियन वर्ष पहिले नै भएको थियो। यस प्रक्रियामा चुम्बकीय क्षेत्र बिस्तारै कमजोर हुन्छ। वैज्ञानिकहरुले अर्को परिवर्तन सुरु भईसकेको दावी गरेका छन्। दक्षिण अमेरिका माथि रहेका चुम्बकीय क्षेत्र तीव्र गतिमा कमजोर भईरहेको छ। यस क्षेत्रका वैज्ञानिकहरुले यसलाई दक्षिण एटलान्टिक असंगति (South Atlantic Anomaly) नाम दिएका छन्। यस क्षेत्र माथि बाट परिक्रमण गर्ने उपग्रहहरु सर्किट रेडियसन बढेको कारण क्षतिग्रस्त भएका छन्।

संयुक्त राज्य अमेरिकाको कोलाराडोस्थित युनिभर्सिटी अफ कोलाराडोको अन्तरिक्ष विज्ञान विभागको वैज्ञानिक भन्छन कि यदि यी सबै सङ्केतहरु सही छन् भने पृथ्वीको चुम्बकीय क्षेत्र परिवर्तन भएपछि पृथ्वीको कुनै पनि क्षेत्र बस्न लायक हुने छैन। सन् २०१५ मा सूर्यबाट उत्पन्न भएको तीव्र विकिरणहरुले सुपरस्टोर्मको अवस्था सिर्जना गरेका थिए। दूई घण्टासम्म लगातार घातक विकिरणहरु आउनाले पृथ्वीको म्याग्नेटोस्फेयरमा अस्थायी दरारहरु आएका थिए। प्रकाशको गतिमा अत्यधिक विकिरणहरु पृथ्वीमा आउँदा जियो-म्याग्नेटिक तुफान आयो र ध्रुवका केही क्षेत्रहरुमा रेडियो सिग्नल ठप्प भएको थियो।

वैज्ञानिकहरुको एक समूहको अनुसार चुम्बकीय ध्रुवहरुमा बदलाब आउनाले हानिकारक विकिरणको मात्रा दुई गुणा बढ्छ। यसले हरेक साल क्यान्सर जस्ता रोगले एक लाख मानिसहरु मृत्यु हुन् सक्छ। दोस्रो समूहले भने कि चुम्बकीय तहहरु कमजोर हुनेछ, तापनि सौर्य विकिरणमा अधिक वृद्दि भने हुदैन। कमजोर कवच भए पनि पृथ्वीको घना वातावरणले सूर्यको घातक किरणहरु रोक्न सक्दछ।

प्रतिक्रिया दिनुहोस्