Logo

यी महिलाको छ ५५ फिटको कपाल, नुहाउन चाहिन्छ ६ बोतल स्याम्पु

महिलाको कपाललाई सौन्दर्यको प्रतीक मानिन्छ । आफ्नो कपाल लामो र आकर्षक होस् भनेर उनीहरु सक्दो प्रयास गर्छन् । तर, आज हामीले चर्चा गर्न लागेकी महिलाको कपाल यति लामो छ, त्यो सुन्दरताको हैन आश्चर्यको प्रतीक बनिरहेको छ ।

उनको कपाल कति लामो छ भनेर तपाईंले थाहा पाउनुभयो भने तीनछक पर्नुहुनेछ । कपालकै कारण उनको नाममा विश्व कीर्तिमान कायम भएको छ ।
उनी हुन् अमेरिकाको फ्लोरिडामा बस्ने आशा मण्डेला, जसको कपाल ५५ फिट लामो छ । उनको कपालको वजन नै २० किलो छ । कपाल नुहाउनको लागि एक पटकमा उनलाई ६ बोतल स्याम्पु चाहिन्छ । अझ झन्झट त के भने धोएको कपाल सुकाउनै उनलाई पूरै दुई दिन लाग्छ ।

कपाल अति लामो भएकै कारण उनले २५ वर्षयता कपाल कोर्न पाएकी छैनन् । कपालकै कारण उनीसँग कोही बिहे गर्न चाहँदैनथ्यो । तर, एक दिन हेयर ड्रेसर इमानुएल शेगको नजर उनीमाथि पर्‍यो र उनले आशासँग बिहेको प्रस्ताव राखे । अन्तत: यी दुईको बिहे भयो ।

उनको नाम दुनियाँकै लामो कपाल भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको छ । विश्व कीर्तिमानी भए पनि उनको दुःख पनि कम छैनन् । बढी वजनको कपालको कारण उनलाई पिठ्युँ तथा गर्धन दुखिरहने समस्या छ ।

चिकित्सकहरुले उनलाई कपाल काट्ने सल्लाह दिए पनि उनी यसमा तयार छैनन् । किनकि यही कपाल उनको पहिचान बन्नुका साथै कमाउने माध्यम पनि बनेको छ । आशाले हेयर प्रडक्ट्स तथा एसेसरिजका विज्ञापनहरुमा समेत अभिनय गरेर राम्रो कमाइ गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्