Logo

बिनोद चौधरीको हिरो प्रदिप

चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले चलचित्र निर्माण गर्ने भएको छ । जानकारी अनुसार, अहिले चलचित्र का लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ । लिड रोलमा प्रदीप खड्का पक्का पक्कि भैसकेको छ तर, प्रदीपले चलचित्र साइन भने गरिसकेका छैनन् ।

उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनमाथी लगानी गर्न इच्छुक देखिएको छ । यस्तै, निर्देशकमा दुई व्यक्तिको नाम चर्चा छ ।निर्देशक दिनेश डिसी र निर्देशक प्रदीप भट्टराई मध्ये एकले चलचित्रको निर्देशन गर्नसक्ने स्रोत बताउँछन् । डिसी पछिल्लो समय चौधरी ग्रुपसँग निकै नजिक छन् भने निर्देशक प्रदीपले केही दिन अगाडि वरुण चौधरीसँग भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्