Logo

एउटा कपडा पनि बाँकी नराखी नाङ्गो पारेर रुखमा झुन्ड्याउनेहरु खुल्लमखुल्ला हिडिरहेका छन्, खै त न्याय ?

समिता नेपाली अर्घाखाँचीकि वासिन्दा थिईन्। घरबाट पढ्न जाने र घर फर्किने दिनचर्या थियो उनको। एकदिनको कुरा हो उनको गाउँमा महोत्सभको मेला लागेको थियो। उनी आफ्नो साथीहरुसँग महोत्सभ मेला घुम्न गएकी थिइन्। राजु अधिकारी नामक एक युवकले उनलाई ललाईफकाई गरी एक होटलमा लगे। खाजा खाएर घर जाउलिउ भनेर उनले लगेका थिए।

खाजा खाने बेला जुसमा केहि मिलाएर राजुले समितालाई खुवाएका थिए। त्यही जुसको कारण उनी बेहोस भईन्। उनको होस् एकै चोटी बिहान खुल्यो। होस् खुल्दा उनी निर्वस्त्र थिइन्। उनको शरीरमा एउटा स्यांड़ो बाहेक अरु केहि थिएन।

उता छोरी हराएकोमा समिताकी आमा लिला नेपाली दुखित थिइन्। छोरि खोज्न भनेर उनी घरबाट हिडिन्। उनले आफ्नो छोरीलाई महोत्सभ मेला भएको ठाउँ र साथीसँग सोधपुछ गरेर खोज्न थालिन्। कतै नभेटे पछि उनी निराश भएर घर फर्किन लागेको बेला उनको मोबाइलमा घन्टी बज्यो। उनले फोन उठाइन्। उनले आफ्नी छोरी बलात्कृत भएर जंगलमा फालिएको खबर पाइन्।

समिताले आफुमा घटेको सब घटना उनको एक नजिकको व्यक्तिलाई फोन सम्पर्क गरेर सुनाएकी थिइन्। सोहि अनुरुप समिताको आमाले उनलाई जंगल जहितही खोजिन। धेरै खोजे पछि उनलाई फेला पारिन्।

न्यायको खोजीको लागि उनीहरु प्रहरी चौकी नगएका पनि होइनन् तर प्रहरीले कानमा तेल हालेन। यस्तो जटिल केस प्रहरीले वेवास्ता गर्यो। सहयोग माग्न अर्घाखाचीकै महिला आयोग पनि धाईन समिताकी आमा। तर महिला आयोग पनि हाम्रो कुरा सुनुवाई नै हुँदैन भनेर पन्छियो।

समिताकी आमाले भनिन्, ‘गत वर्ष पुस ६ गते बिहान काठमाडौं कोठाबाट स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो, खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाईलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो, त्यति प्रमाण हुँदा पनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखेपनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ ।’

अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर-९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लबमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गरेका हुपनि थिइन् । मृतक नेपालीकी आमा लिला नेपालीले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आईपुगेको बताईन् ।

आत्महत्या जसरी रुखमा झुण्डिएको अवस्था भेटीएता पनि उनले आत्महत्या गरेकी होइनन् यो शड्यन्त्र गरेर राजु अधिकारी र कमल नेपालको मिलोमतोमा हत्या गरी झुन्ड्याईएको हो भनेर लिला नेपालीले बताएकी छिन्।

उनले भनिन्,‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको करिब एकवर्ष पछि हत्या हुनु सामान्य रहस्य होईन, मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो, जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें तर राज्यले बलात्कारी राजु अधिकारीलाई समात्न पनि सकेन, त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पुर्यायो।’

छोरीको बलात्कारपछि हत्या भएपछि जिल्लामा आफूले न्यायको लागि धेरै पैतला खियाएको उल्लेख गर्दै उनले भनिन्,‘ जुत्ता फाटे तर मैले न्याय पाईंन, त्यसैले म पत्रकारहरुको सरणमा आएकी हुँ, दोषीलाई तत्काल समातेर कारबाही गरियोस्, छोरीको हत्यारालाई समातियोस्।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्