Logo

घर ज्वाईं बस्ने रहर, पत्रिकामा आयो विज्ञापन !

काठमाडाैं -‘घर ज्वाईं राख्न चाहनुहुनेले सम्पर्क……’ पत्रिकामा यस्तो विज्ञापन देखेपछि सामाजिक सञ्जालमा यसबारे बहस भैरहेको छ । कतिले त घर ज्वाईं बस्न जानुपर्छ कि क्या हो भनेर ठट्टा पनि गरेका छन् ।

तर यो विज्ञापन घर ज्वाईं राख्न चाहनेले छापेको होइन, घर ज्वाईं बस्न चाहने पुरुषले चाहिँ छापेको हो । ‘मेरो दाई पर्ने मान्छेलाई घर ज्वाईं राख्न यो विज्ञापन छाप्नुपरेको हो’ सम्पर्क नम्बरमा फोन गर्दा आफूलाई रमेश पोखरेल बताउने व्यक्तिले प्रतिक्रिया दिए ।

उनका अनुसार यो विज्ञापन काभ्रेका ४० वर्षीय विकास थापा क्षेत्रीका लागि हो । थापा अहिले काठमाडौंमा बस्छन् । उनको यसअघि नै विवाह भैसकेको हो । तर श्रीमती अर्कैसँग गइन् । छोराछोरी पनि श्रीमतीसँगै हिँडे । त्यसपछि थापा बिरक्त भएर बिहे नगर्ने तर घर ज्वाई बस्ने निर्णयमा पुगेका हुन् । थापालाई घरमा बस्न मन छैन, त्यसैले घर ज्वाईं बस्न खोजेका हुन्’ पोखरेलले भने, ‘अहिलेसम्म ६/७ जनाले सम्पर्क त गरेका छन् । तर घर ज्वाईं राख्छु चाहिँ भनेका छैनन् ।’यस्तै खालको अर्को विज्ञापन पनि पत्रिकामा छापिएको छ । ‘घर ज्वाईंको लागि केटीहरुले सिधा सम्पर्क’ लेखिएको नम्बरमा फोन गर्दा चाहिँ फोन नै सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्