Logo

लिंग परिवर्तन गरेर महिला बनेकी सन्ध्या भन्छिन् , म पनि महिलाले जस्तै पुरुषलाई सन्तुष्टि दिन सक्छु…(भिडियो सहित)

काठमाडौँ – हेटौंडा मूल घर भएकी सन्ध्या लामाले ६ महिनाअगाडि आफ्नो लिङ्ग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् । थाइल्यान्डको बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् ।

उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् । हेटौंडामा जन्मेकी सन्ध्याले मानविकीमा प्लस टूसम्मको अध्ययन गरेकी छन् ।
केटाबाट केटी हुनु भो, कस्तो अनुभव गर्नुभएको छ ? भन्ने प्रश्नमा आफु पहिले देखिनै केटीको जस्तो अनुभव गर्ने भएकाले खासै परिर्तन भएको अनुभव नगरेको तर विषेशजस्तो लागेको उनि बताउछिन् । ‘शुरुमा त अलि गह्रो नै भयो । पहिला केटा थिएँ (तेस्रोलिङ्गी केटा) अहिले पूर्णरुपमा केटी भएकी छु ।’ उनि भन्छिन् ।

आफु तेस्रोलिङ्गी भन्ने कहिले थाहा पाउनुभयो ? भनि सोधिएको प्रश्नमा उनि भन्छिन ‘२०६३ सालमा एसएलसी दिइसकेपछि काठमाडौं आएँ, त्यसपछि बल्ल म तेस्रो लिङ्गी रहेछु भन्ने भयो । अझ ब्लू डाइमण्ड सोसाइटीमा आबद्ध भएपछि सेक्सुयालिटी र जेन्डर फरक हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ ।’

यौन सम्बन्धि निकै खुलेर कुरा गर्ने सन्ध्यले लिङ्ग परिवर्तन पछि पनि यौन अनुभव लिसकेको बताउछिन् । पहिलो र अहिलेको यौन अनुभवमा के फरक छ ? भन्ने प्रश्नमा अब आफु पूर्णरुपले महिला भएको कारण, पुरुषलाई यौन सन्तुष्टि दिन आफु सक्षम भएको बताउछिन् ।
हेर्नुहोस् उनै सन्ध्या लामासंग गरिएको एक अन्तर्वार्ता:

प्रतिक्रिया दिनुहोस्