Logo

चौथो बच्चा जन्मेपछि लाज लाग्योः तीन दिने शिशुलाई निधारमा चुम्बन गरेर चर्च बाहिर छोडियो

एक पिताले आफ्नो तीन दिनको शिशुलाई भारतको केरलास्थित चर्च बाहिर छोडेर भागे । भुँइमा राख्नुअघि उनले बच्चालाई निधारमा चुम्बन गरे । ३२ वर्षीया पिताले लोकलाजका कारण यसो गरेको बताए । चार सन्तान जन्माएकोमा समाजले के भन्ला भन्दै उनले आफ्नो चौथो सन्तानलाई चर्च बाहिर छोडेको बताए ।

बिट्टो र उनकी श्रीमती प्रतिभा ,२८, दुबैलाई शुक्रबार पक्राउ गरिएको छ । सिसिटीभी फुटेज स्थानीय टिभी च्यानल र अनलाइनमा सेयर भएपछि यी दुईलाई पक्राउ गर्न सम्भव भएको पुलिसले जानकारी दिए ।

प्रतिभाले अस्पतालमा जन्माएको बच्चालाई श्रीमानसँगको सल्लाहपछि चर्च बाहिर राख्ने निर्णय गरिएको जानकारी दिइन् । बारम्बार गर्भवती भएपछि आफू र श्रीमानलाई साथीभाइ र आफन्तले जिस्काउने गरेको र तथानाम भन्ने गरेकाले आफूहरुले यस्तो कदम उठाएको प्रतिभाले जानकारी दिइन् । चर्चमा तैनाथ सुरक्षाकर्मीले बेलुका साढे आठ बजे बच्चा भेटेपछि तत्काल पुलिसलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्