Logo

विश्वकप : मेस्सीका कारण अजेन्टिनाको खेल हेर्न दर्शकको प्रतिक्षा बढ्दो, यसकारण फ्रान्स चर्चामा, आज भिड्दैछन् यि ८ देश, हेर्नुहोस् नेपाली समय अनुसारको खेल तालिका सहित

काठमाडौँ – फिफा विश्वकप अन्र्तगत आजको खेललाई पनि धेरै दर्शकले प्रतिक्षा गरेर बसिरहेका छन् । समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु पनि सुरु हुने भएकाले आज मात्रै ४ वटा खेल हुँदैछन् । रुस विश्वकपको तेस्रो दिन आज भने राती मात्रै नभई दिउसोबाट नै खेल सुरु हुँदैछन् । आजको पहिलो खेल एरिना रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट फ्रान्स र अष्ट्रेलिया भिड्नेछन् ।

त्यस्तै दोस्रो खेल उपाधि दाबेदारको रुपमा प्रस्तुत भएको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डबीच मस्कोको स्पार्टक रंगशालामा हुनेछ । त्यस्तै तेस्रो खेल सवा ९ बजे पेरु विरुद्ध डेनमार्कबिच हुनेछ भने चौथो तथा आजको अन्तिम खेल क्रोएसिया विरुद्ध नाइजेरियाबिच राती पौने एकबजे हुनेछ ।

४ खेलमध्ये पहिलो खेल र दोस्रो खेललाई दर्शकले आज निकै महत्वका साथ लिउका छन् । पहिलो खेलमा उपाधि दाबेदार मध्ये एक टिम फ्रान्स अष्ट्रेलिया भएका कारण तथा दोस्रो खेलमा उपाधि दाबेदारको रुपमा प्रस्तुत भएको अर्जेन्टिनाका कारण यि दुई म्याचले विशेष महत्व पाइरहेका छन् । आइसल्याण्डको डेब्यु खेल भए पनि उसलाई कम आक्नु नहुने विश्लेषण फुटबल पण्डितहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्