Logo

पोर्चुगलविरुद्धको इतिहास धनी भएपनि मोरक्कोलाई त्यो इज्जत बचाउन समस्या, इरान स्पेनलाई रोक्ने प्रयासमा

पोर्चुगल भर्सेस मोरक्को

दुई वर्षअघि अप्रत्याशित खेल खेल्दै युरोकपको उपाधि जितेको पोर्चुगलले जारी विश्वकपको समुह चरणमा नै स्पेन विरुद्धको खेलमा बराबरी गर्दै यो संस्करणको उपाधि होडमा आफुलाई उभ्याइसकेको छ ।

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिम यो पटक बलियो देखिएको छ । फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोकपमा जस्तै सबैलाई चकित पार्न सक्छ या सक्दैन भन्ने कुरा अव समुहको दोस्रो खेलमा आज राति थाहा हुनेछ ।

समुह चरणको पहिलो खेलमा स्पेन विरुद्ध तीन तीन गोलको बराबरीमा रोकिदा नायक बनेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि पोर्चूगलको आकर्षण बन्नेछन् । पोर्चुगललाई टक्कर दिदैछ अर्को टोली मोरोक्कोले, २० वर्षपछि विश्वकप खेलिरहेको मोरोक्को आफनो पहिलो खेलमा पराजय भोगेको कारण पनि आजको खेलमा जित निकाल्छ चाहन्छ ।

यी दुईको भेट यस अघि सन् १९८६ को विश्वकपमा भएको थियो , जहाँ मोरोक्कोले पोर्चुगललाई ३–१ ले हराएको थियो । तर लामो समय विति सक्दा पोर्चुगल भने निकै फर्ममा छ । २०१४ को विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको कारण पनि पोर्चुगल अहिले उपाधि जित्ने लक्ष्यमा लागिपरेको छ ।

साउदी अरविया भर्सेस उरुग्वे

फिफा विश्व फुटबल वरियतामा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया समुह चरणको पहिलो खेलमा नै आयोजक रसियासंग पराजित भएको छ । समुह चरणको सबैभन्दा धेरै गोल खाएर हारेर साउदी अरेविया आजको खेलमा भने त्यो क्षण भुलाउन चाहन्छ । जसको लागि उसले उरुग्वे जस्तो बलियो टिमको सामना गर्नु पर्नेछ । तर उरुग्वे भने पहिलो खेलमा नै ईजिप्टलाई हराएर स्पष्ट तीन अंक जोडिसकेको छ । जसका कारण साउदी माथि फेरी पनि उरुग्वे हावी हुने देखिन्छ । दुईपटक विश्व विजेता बनेको उरुग्वे डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेजको टिम साउदीमाथि हावी हुने पक्का छ । यी दुईको खेल नेपाली समय अनुसार पौने नौ बजे रोस्टेभ एरेनामा हुनेछ ।

ईरान भर्सेस स्पेन

समुह विको शीर्षस्थानमा रहेको तथा पाँचौ विश्वकप खेलिरहेको ईरानले विश्वकपको समुह चरणको आफनो पहिलो खेलमा मोरोक्को विरुद्ध जित निकालेको थियो ।

आजको खेलमा पनि जित निकाल्दै इरान अन्तिम १६ मा आफनो स्थान बलियो बनाउन चाहन्छ । तर उसलाई आजको खेलमा जित निकाल्न त्यक्ति सजिलो भने पक्कै छैन किनभने उनको प्रतिद्धन्द्धमा उभिएको छ स्पेन । स्पेन, « ईरानका लागी भारी बन्न सक्ने सम्भावना प्रशस्त छ । कलात्मक फुटबलका लागि विश्वभर चर्चित बनेको स्पेनले पहिलो खेलमा पोर्चुगल सग तीन तीन गोलको बराबरीमा रोकिदै एक अंक कमाएको छ । यी दुईको खेल नेपाली सयम अनुसार पौने १२ बजे काजान एरेनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्