Logo

‘म मेस्सीको एकदमै ठुलो फ्यान हुँ , विश्वकप अर्जेन्टिनाले जित्नुपर्छ’ – नायक अनमोल केसी

काठमाडौं – अहिले विश्वभर विश्वकपको रौनक छाएको छ । सबैले आ-आफ्नो समर्थहरूको पक्षमा खुलेर प्रशंसा गरी राखेका छन् । सामाजिक सञ्जालमा त एक-अर्काको समर्थकहरूबीच दोहोरी नै चल्ने गरेको छ ।

खेलप्रेमीहरु आफूलाई मन पर्ने टिमको समर्थन जनाइरहेका छन्। जर्सीमा सजिएर युवाहरू आफूलाई मन पर्ने टिमको लागि बलियो समर्थन जनाइरहेका छन्। नेपाली सेलिब्रटिहरु पनि आफू कासको समर्थक भनेर खुले आम बताइरहेका छन् । अहिलेको युवा स्टार नायक अनमोल केसीले आफू मेस्सीको एकदमै ठुलो फ्यान भएको बताएका छन् । मेस्सीको फ्यान भएको हुँदा अहिलेको विश्वकप अर्जेन्टिनाले जित्नु पर्ने नायक केसीले बताएका छन् ।

अनमोल भन्छन् ,-‘ जर्मनी बलियो टिम छ। तर, मेस्सीले अहिलेसम्म आफ्नो टिमलाई वल्डकप दिलाउन नसकेकोले अहिले अर्जेन्टिनाले जित्नु जरुरी छ।’अनमोलका अनुसार, सबैको आ-आफ्नो रोजाइ र विचार हुन्छ। त्यसैले अरू देशका समर्थक तथा आफ्ना फ्यानहरुले आफू अर्जेन्टिनाको पक्षमा बोल्दा केही भन्ने कुरालाई उनी गम्भीर रूपले लिँदैनन्।

त्यस्तै अभिनेता केदार घिमिरे, खगेन्द्र लामिछाने, दीपकराज गिरी निश्चल बस्नेत, गायक प्रमोद खरेल, नायिका केकी अधिकारी, पूजा शर्मा र निरुता सिंहले मेस्सीको फ्यान भएको बताएका छन् । उनीहरूले पनि अर्जेन्टिनाको समर्थन गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्