Logo

लुकाकुले दिए रोनाल्डोलाई टक्कर

unn.prixa.net

बेल्जियमका फरवार्ड राेमेलु लुकाकुले व्यक्तिगत गोल संख्या ४ पुर्‍याएका छन् ।

ट्युनिसियासँग शनिबार भएको खेलमा २ गोल गर्दै लुकाकुले याे विश्वकपमा व्यक्तिगत गोल संख्या ४ पुर्याएका हुन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि ४ गोल गरिसकेका छन् ।

यस्तै, स्पेनका डिएगो कोष्टा र रुसका डेनिस चेरिसेभले तीन तीन गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्