Logo

‘गट’ मेस्सीलार्इ राेनाल्डाेले व्यंग्य गरेकाे तस्वीर विश्वभरि चर्चामा

एजेन्सी – रुसमा जारी विश्वकपमा राम्रो प्रर्दशन गर्ने नसके पनि लियोनल मेस्सी मेस्सी रुपमा चिनिन्छन् । मेस्सीलाई विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडि मान्छन्। तर रुस विश्वकपमा भने अहिलेसम्म उनको टीम अर्जेन्टिनाका तर्फबाट जाँदू देखाउनसकेका छैनन् । स्टार भएका कारण नै विश्वकप शुरु हुनुभन्दा पहिला लियोनल मेस्सीको न्यूयोर्कको एक पत्रिकाले फोटोशूट गरेको थियो ।

फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । पत्रिकाले बाख्रासँगको मेस्सीको फोट छापेको थियो । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल G..O..A..T.. ‘गट’ लेखेको थियो । G..O..A..T.. अर्थात बाख्रा नभएर greatest of all time( सधैँ सर्बश्रेष्ठ) ।

पत्रिकामा मेस्सीको G..O..A..T. बताउँदै प्रकाशन भएको तस्वीर रोनाल्डोलाई मन परेको थिएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्पेनसँगको पहिलो खेलमा रोनाल्डो अगल रुपमा देखा परे । गोल गरेपछि उनले त्यसको सेलिब्रेशन फरक ढंगबाट गरे ।

रोनाल्डोले यो वल्र्डकपमा बोके दाह्री पनि राखेका छन् र स्पेनसँगको खेलमा ह्याट्रिक गरेसँगै उनले दाह्री मुसारेका थिए । जसलाई धेरैले आफूले गोटको अर्थ सधैँस र्बश्रेष्ठ भएको भन्दै रोनाल्डोले देखाएको भनि अर्थ लगाएका छन् ।

सर्वश्रेष्ठ खेलाडी भनिएका मेस्सी विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेपछि मेस्सीको बारेमा राम्रो नराम्रो धेरै चर्चा हुन थालेको छ । पोनाल्टीमा गोेल गर्न नसकेपछि ट्रोल बनाएर कतिले उडाइ राखका छन् ।

प्रतिक्रिया दिनुहोस्