Logo

रुस भर्सेस उरुग्वे : पहिलो हाफमा उरुग्वे २–० ले अगाडि

विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको खेलको पहिलो हाफमा उरुग्वेले १–० को अग्रता बनाएको छ । खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले २० यार्डबाट हानेको प्रहार सिधै गोल भएको थियो ।

त्यस्तै २३ अाैँ मिनेटमा उरुग्वेका लागि लक्साल्टले गाेल गर्दै २-० काे अग्रता बनाएका छन् । खेलकाे ३५ अाैँ मिनेटमा रुसका इगाेर समिनाेकाेभले उरुग्वेका लक्साल्टलाई लडाएपछि दाेहाेराे पहेँलाे कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । दश जना खेलाडीमा सीमित रुस उरुग्वेसामु निकै नै दबाबमा देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्