Logo

डेनमार्क र अष्ट्रेलियाको भाग्यको फैसला आज, विक्षिप्त अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सकेसम्मको शक्ति लाउने

रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् ।

अष्ट्रेलिया भर्सेस पेरु

आज हुने पहिलो खेलमा अष्ट्रेलिया र पेरु आमने सामने हुँदैछन् । फिस्टस्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे यी दुुई टोलीको खेल हँुदैछ । समुह सिको समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया एक हार र एक बराबरीसहित १ अंकसहित तेस्रो स्थानमा रहदा पेरु विना अंक समूहको अन्तिम स्थानमा छ । उस्का लागि अन्तिम १६ को यात्रा अष्ट्रेलियासंगको जित पछि पनि काम लाग्ने अवस्थामा छैन् । अष्ट्रेलियाले जित निकाले अन्तिम १६ को यात्राका लागि फ्रान्स र डेनमार्कको खेल भर पर्नु पर्ने हुन्छ ।

डेनमार्क भर्सेस फ्रान्स

त्यस्तै आजनै समुह सिको पौने ८ मा हुने हुने अर्को खेल हो डेनमार्क भर्सेस फ्रान्स । समुह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोरेको डेनमार्क चार अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ । अन्तिम १६ मा पर्न डेनमार्कले आजको खेलमा जित निकाले पक्का हुनेछ । हार भोग्ने अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ । उता फ्रान्स भने एक खेल खेल्नु अगावै अन्तिम १६ मा स्थान बनाईसकेको छ ।

नाइजेरिया भर्सेस अर्जेन्टिना

समुह चरणमा एक खेलमा पराजित एक खेलमा हार व्यहोरेको नाईजेरिया आज अन्र्जेन्टिनासग खेल्नेछ । क्रोएसियासग पराजित भएको नाईजेरियाले आईसल्याण्डलाई भने पराजित गरेको थियो । त्यसैले आज नाईजेरियाले अर्जेन्टिना विरुद्ध जित निकाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । उता जारी विश्वकपमा निकै आलोचित बनिरहेको अर्जेन्टिना र यस टिमका खेलाडीहरुलाई जितको खोजीमा नाईजेरियासंग भिड्नेछ । पछिल्लो व्राजिल विश्वकपमा उपविजेता अजेन्र्टिनाका लागि विश्वकपमा यात्रा जारी राख्न आजको खेलमा गर या मरको अवस्थामा छ । यी दुईको खेल क्रेष्टोभसी स्टेडियममा पौने १२ वजे हुनेछ ।

आईसल्याण्ड भर्सेस क्रोएसिया

अजेन्टिना जस्तो बलियो टिमलाई बराबरीमा रोक्न सफल विश्वकपको नवप्रवेशी टोली आईसल्याण्ड नाईजेरीयासग भने पराजित भएको थियो । समुह डि उपविजेता बनेर अघिल्लो चरणमा पुग्नको लागि आईसल्याण्डले क्रोएसिया विरुद्ध जित निकाल्नु पर्नेछ । तर क्रोएसिया जस्तो लयमा देखिएको टिमलाई हराउनु आईसल्याण्डको निम्ति फलामको च्यूरा चपाउनु सरह हुनेछ । उता क्रोएसिया भने समुहको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । आईसल्याण्ड र क्रोएसियाको हालसम्म ६ पटक भेट भएको छ । जहाँ आईसल्याण्ड एक पटकमात्र जित निकाल्दा ५ जित क्रोएसियाको नामा छ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे रोस्टोभ एरेनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्