Logo

न ‘राेपाइँ’ गर्न हुन्छ न ‘पानीजहाज’ चलाउन नै, बौद्ध सडकका ठेकेदारलार्इ कारबाही गर्न माग

काठमाडौँ । सडक निर्माणकाे जिम्मा लिएर फरार ठेकेदारविरूद्ध नागरिक समाज र स्थानीयले कारबाही गर्न हारगुहार गरिरहेका छन् । बौद्ध–जोरपाटी हुँदै साँखु र सुन्दरीजलतर्फ जाने सडक यति बेला राेपाइँ गर्न लायक भएकाे छ । तर न त त्यहाँ धान राेप्न नै मिल्छ, न सरकारले भनिरहेकाे ‘पानीजहाज’ चलाउन नै ।

यात्रुलार्इ सास्ती हुनेगरी सडक भत्काएर अलपत्र पारिएकाे छ । ठेक्का लिएकाे वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार)लाई कारबाहीको माग गरिएको हाे ।

समता मानव अधिकार तथा नागरिक समाजले यसरी सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध कारबाहीकाे माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएकाे छ । ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा सास्ती भएकाे उल्लेख छ। घाम लागेका बेला धुलोले सडकमा हिँड्नै नसकिने र पानी पर्दा ताल बन्ने सडकमा रहेका खाल्डाखसल्डीले सवारी गन्तव्यमा पुर्याउन समेत मुस्किल हुने गरेकाे छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सडक विस्तारका विषयमा अध्ययन गरी निर्माण व्यवसायी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । तर काम नगर्ने ठेकेदारलार्इ नछाड्ने बताइरहेका मन्त्री थापाले अहिलेसम्म कुनै पनि ठूला ठेकेदारलार्इ कारबाही गर्न सकेकाे देखिन्न ।

बाैद्ध-जाेरपाटी सडककाे १८ सयमिटरको जिम्मा लिएका ठेकेदार विष्णुभाइ श्रेष्ठ काम लथालिंग छाेडेर गायव छन् । उनले अहिलेसम्म पिच हुनुपर्ने सडकमा फिलिङ्ग र ग्राभेलसम्म नगरेकाे स्थानीय गुनासाे गर्छन् । चाबहिलदेखि चुच्चेपाटी हायात हाेटलसम्मकाे सडक भने भारतीय प्रम नरेन्द्र माेदी नेपाल भ्रमणमा अाउनुपूर्व रातारात पिच गरिएकाे थियाे ।

ज्ञापनपत्रमा सडक विस्तारकाे काम समेत अधुरै रहेकाे उल्लेख छ । विस्तारका क्रममा भत्काइनुपर्ने केही घर अझै नभत्किएको, विद्युत्, टेलिफोन र केवलको तार नहटाइएकाले, सबैतिर अस्तव्यस्त बनाएर ठेकेदार सम्पर्कीहीन भएकाे लगायत कारण देखाउँदै छिटोभन्दा छिटो साइड क्लियर गरी बिस्तारको व्यवस्था मिलाउन माग गरिएको छ ।

तीन खण्डमा ठेक्का दिई यो सडक बिस्तारको काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ। तीनै खण्डका निर्माण व्यवसायीको समय सकिएकाले म्याद थप गरिएको आयोजना प्रमुख दीपक केसीले जानकारी दिए । साइड क्लियर गर्न अदालतमा मुद्दा परी अन्तरिम आदेश भएकाले काममा बाधा पुगेको उनकाे भनाइ छ ।

हेर्नुहाेस् जाेरपाटी-बाैद्ध सडककाे याे बेहाल :

(भिडियाे : सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्